वीरगन्ज । वीरगन्ज महानगरपालिका एक्सनमा देखिएको छ । वीरगन्ज महानगरपालिकाको नाउँ लिएर छात्रवृत्ति दिलाई दिने भनी ठगी गर्ने गरेकोलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले तुरुन्तै मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका संचालक राहुल मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि थप कानुनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।
माेदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका संचालक राहुल कुमार मोदी वीरगन्ज महानगरपालिकाको नाउँ लिएर छात्रवृत्ति दिलाई दिने भनी ठगी गर्ने गरेको जानकारी पाउन साथ नगर प्रमुख सिंह एक्सनमा आई कारवाहीको प्रक्रिया अगाडि बढाइएका थिए ।।
संचालक मोदीले एस.ई.ईको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको लागि वीरगन्ज महानगरले कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिमा पास गराइदिने भन्दै विद्यार्थीबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको कुरा बाहिर आएको थियो ।
छात्रवृत्तिका लागि महानगरको शैक्षिक शाखालाई ५० हजार , विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्डमा सार्वजनिक हुन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आफै एक्सनमा आई बिहान निर्देशन गरि संचालक मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि आवश्यक कानुनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।






