Categories समाज

एक नाबालिकामाथि सामूहिक बलात्कार, चारजना पक्राउ

Advertisement

वीरगन्ज । सप्तरीमा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । गत शुक्रबार राति १७ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

बलात्कार घटनामा संलग्न आरोपमा चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार राईले जानकारी दिए।

Advertisement

 उनका अनुसार कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको छ।

Advertisement

शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर बलात्कार भएको उनीहरूले स्वीकारेको प्रहरीले जनाएको छ ।

घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *