Categories समाज

श्री दलित प्राथमिक बिधालयलाई पाँच थान पंखा सहयोग

Advertisement

वीरगन्ज । समाजिक सेवामा निरन्तर खटिरहेको एक समाजिक संस्थाले हाल विभिन्न बिधालयहरुमा अति आवश्यक रहेको सामानहरु सहयोग गर्दै आइरहेको छ ।

उपकार सेवा नेपाल नामक सो संस्थाले पछिल्लो समय विभिन्न बिधालयहरुमा पंखा, शैक्षिक सामाग्री, पानी शुद्ध गर्ने उपकरण लगायतका साधनहरु सहयोग गरिरहेको समाचार हेर्ने गरिएको छ ।

Advertisement

सोही संस्थाले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर पाँच स्थित रहेको श्री दलित प्राथमिक बिधालय महुवनमा अध्यनरत करिब २ सय ४७ जना बिद्यार्थीहरुको स्वास्थ्य अवस्था लाई ध्यानमा राख्दै पंखा सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।

Advertisement

प्रचण्ड गर्मीको समयमा संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य सुमन बगेडिया सहितको टोली बिधालय प्राङ्गणमै पुगी ५ थान सिलिङ पंखा बिधालयको व्यवस्थापन समितिका अध्यक्ष गोरख कुमार राम तथा प्रधानाध्यापक नवलकिशोर प्रसाद साह लगायत शिक्षक शिक्षिकाको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *