Categories समाचार

आज सुनको मूल्य प्रतितोला १ लाख १३ हजार  ६ सय रुपैयाँ कायम

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार  ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार यसअघि जेठ १८ गते प्रतितोला सुन १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १४९५ रुपैयाँ पुगेको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर पर्ने गरेको महासंघको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *