वीरगन्ज । उपकार सेवा नेपालले एक शैक्षिक संस्थामा दुई थान आई पैड ( टैब ) सहयोग गरेको छ ।
वीरगन्ज वडा नम्बर चार बिर्ता स्थित चिकित्सा शास्त्र अध्यन गराउने संस्थान वीरगन्ज नर्सिङ क्याम्पसमा दुई थान टैब सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।
सो क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुलाई सुबिधा होस भन्दै उपकार सेवा संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया ,सज्जन अग्रवाल,आँकुर शर्मा लगायतको टोलि क्याम्पस प्राङ्गणमै पुगी टैब हस्तान्तरण गरेका हुन ।
क्याम्पस प्रमुख प्रा.डा.कल्पना पौडेल सह-प्रा.सृजना चौधरी,प्रशासन प्रमुख सुरेन्द्र कुमार ओझा तथा मुख्य लेखा सहायक बिजय प्रसाद कुशवाहा लगायत को उपस्थिति रहेको थियो ।






