Categories समाचार

गोली प्रहार गरी एक ३५ वर्षिया महिलाको हत्या

Advertisement

वीरगन्ज । नेपाल भारत सीमा क्षेत्र धनुषाको मुखियापट्टि मुसहरनिया स्थित दशगजा पारी गोली प्रहार गरी एक महिलाको हत्या भएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी राति ८ः२० बजे एक ३५ वर्षीया महिलाको गोली दागेर हत्या भएको हो ।

Advertisement

घटना मोटरसाइकलमा सवार भएर दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड गोलि प्रहार गरी भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

Advertisement

मृतक महिला नेपाली हुन् वा भारतीय परिचय खुलेको छैन । घटनास्थल सीमा पारी भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । उनका अनुसार दशगजामा प्रहार भएका गोलीका खोका भेटिएको छ ।

नेपाल प्रहरी र भारतीय प्रहरी समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *