Categories समाचार

नेपाल प्रहरीका डीएसपी चन्देश्वर यादवमाथि आक्रमण, ५ सदस्यीय छानबिन समिति गठन

Advertisement

काठमाडौँ । महोत्तरीको जलेश्वरमा नेपाल प्रहरीका नायव निरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा कुटपिट भएको बताइएको छ ।

घटना बिहिबार राति १० बजेको हो । डीएसपी यादवले आफूमाथि आक्रमण भएको भनेर जानकारी गराएको मधेस प्रदेशका डीआईजी जनक भट्टराईले बताए । उनले भने, ‘सत्यतथ्य छानबिन गर्न समिति बनेको छ, समितिले छानबिन गर्दै छ ।’

Advertisement

डीआईजी भट्टराईले घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उनी उपचारका लागी काठमाडौंमा छन् ।  साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *