Categories समाचार

जिम हाउसको छत भत्किंदा च्यापिएर ११ जनाको मृत्यु

Advertisement

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।

Advertisement

सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए ।

Advertisement

तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् ।

प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *