Categories समाचार

घरायसी विवादमा श्रीमतीको हत्या, एक जना पक्राउ

Advertisement

वीरगन्ज । सप्तरीमा घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति पक्राउ गरेको छ । 

Advertisement

घरायसी वादविवादको कारण उनीहरूबीच झैँ-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रामरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *