Categories समाचार

सर्टगनमा प्रयोग हुने गोली सहित एकजना भारतीय युवक पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले सर्टगनमा प्रयोग हुने गोली सहित वीरगञ्जबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं.१४ बस्ने वर्ष २२ को मुरारी कुमार कुशवाहा रहेका छन ।

प्रहरी चौकी बसपार्कबाट खटिएको नियमीत चेकींग टोलीले वीरगञ्ज १६ बसपार्क भित्र कालो झोला बोकेर पैदल आईरहेको कुशवाहालाई शंका लागी चेकजाच गर्दा शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली राउण्ड १५ थान, केएफ १२ लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान र  १२ केएफ १२९६ लेखिएको राउण्ड १ थान गरी जम्मा १९ राउण्ड गोली बरामद भएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

Advertisement

गोली सहित पक्राउ परेका कुशवाहा विरुद्द हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *