Categories समाचार

नेपाल पत्रकार महासंघ पर्साको निर्णय स्वागतयोग्य रहेको प्रेस चौतारी पर्साको निर्णय

Advertisement

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्साले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने निर्णयको प्रेस चौतारी नेपाल पर्साले स्वागत गर्दै एकबद्धता जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको निर्णय स्वागतयोग्य रहेको प्रेस चौतारी पर्साको आज बसेको बैठकले निर्णय गरेको छ । 

प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले पर्सा शाखाको अधिवेसनको मिति अगामी श्रावण १३ गते बस्ने बैठकले तोक्ने निर्णय गरेको छ ।

Advertisement

बैठकले नेपाल पत्रकार महासंघ पर्साले गर्नेे सबै प्रकारको साकारात्मक गतिबिधिहरुमा साथ र सहयोग गर्ने निर्णय गरेको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।

Advertisement

बैठकमा नेकपा एमालेका पर्सा संयोजक डा. बिशम्भर शर्मा, केन्द्रिय प्रचार बिभाग सदस्याद्धय महेश दास र लालबाबु शेष, प्रेस चौतारीका पर्सा ईन्चार्ज शत्रुधन नेपाल, पत्रकार महासंघका पर्सा अध्यक्ष तथा चोतारीका पुर्व अध्यक्ष अनुप तिवारी, सल्लाहाकार महेशचन्द्र गौतम, प्रेस चौतारी नेपालका प्रदेश सचिव ग्यासु मिया देवान, प्रदेश कोषाध्यक्ष जितेन्द्र साह, प्रदेश सदस्ययहरु आसिक मिया अंसारी, श्याम कुशवाह, नेपाल पत्रकार महासंघका सचिव भुषण यादव, कोषध्यक्ष संजिव मिश्रा, सदस्यहरुको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *