Categories समाचार

३७ लाखभन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलवस्तु । सशस्त्र प्रहरीले ३७ लाखभन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। 

जिल्लाको विजयनगर गाउँपालिका-१ जवाबैराठ इलाकाबाट ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको हो।

Advertisement

सोही ठाउँको जंगल इलाकामा बेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चारवटा मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो।

Advertisement

बरामद गरिएको लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *