Categories समाचार

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला

Advertisement

वीरगन्ज । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।

सर्लाहीकोको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलको कल्भर्ट मुनि आज बिहान अनुसन्धान अधिकृत २९ वर्षीय वसन्त साह मृत फेला परेका हुन् ।

Advertisement

ईश्वरपुर नगरपालिका–६, बयलवास बजारका स्थायी बासिन्दा अनुसन्धान अधिकृत साहले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *