Categories समाचार

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निजी क्षेत्रको माग बमोजिम दक्ष श्रमिक उत्पादन गर्ने महानगरको लक्ष्य अनुरुप काम भइरहेको बताउनुभएको छ ।

स्वं दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा वीरगञ्जको वडा नम्वर ३१ बेलवामा रहेको हिप्को सुपरबिल्डमा आयोजित एक कार्यक्रमका बीच उहाँले यहाँ रहेका औद्योगिक कलकारखानालाई चाहिने दक्ष श्रमिक उत्पादन गर्ने लक्ष्य बमोजिम महानगरले आवश्यक प्राविधिक तालिममा लगानी गर्ने बताउनुभएको हो ।

Advertisement

अहिले यहाँका उद्योगहरु भारतीय श्रमिकमा निर्भर रहेको बताउँदै उहाँले त्यसलाई पूर्ति गर्न आफ्नै नेपाली कामदारलाई दक्ष बनाउने गरि तालिम संचालनलाई महानगरले प्राथमिकतामा रहेको पनि उहाँले बताउनुभयो ।
यहीका श्रमिकलाई प्रशिक्षणमार्फत आवश्यक विषयमा दक्ष बनाउन सकिए श्रमको उचित ज्याला र श्रम सम्मान पाउने अवस्था आउने पनि उहाँको भनाई थियो ।

Advertisement

वीरगञ्ज महानगरपालिकाले हिप्कोसँगको सहकार्यमा अहिले ८९ जनालाई स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम दिएर उनीहरुलाई रोजगारको बाटो समेत देखाएको छ ।

तालिम प्राप्त गरेका ८९ जनालाई मेयर सिंहले आइतबार प्रमाणपत्र समेत वितरण गर्नुभएको छ ।

रोजगारका लागि सीप कार्यक्रम अन्तर्गत वीरगंज ईन्स्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेशन बीच सम्झौता समेत भएको छ । सम्झौतामा गोल्छा कर्पोरेशनले स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम तथा रोजगार दिने र वीआईटीले दक्ष विधार्थी पठाउने उल्लेख छ ।

यसले शिक्षा र रोजगारलाई साथसाथ जोड्ने विश्वास लिइएको हुलास स्टीलका वित्तीय प्रमुख सुनिल मनौतले बताउनुभयो ।

गोल्छा कर्पोरेशनले समय सापेक्ष र दिगो रुपमा आर्थिक योगदानमा मात्रै सिमित नरही समग्र क्षेत्रमा दिगो रुपमा योगदान गर्दै जाने योजना बमोजिम महानगरसँगको हातेमालोमा श्रमिकहरुलाई दक्ष बनाउन तालिम दिन लागिएको वित्तीय प्रमुख मनौतले बताउनु भयो ।

कार्यक्रममा बिआईटीका प्राध्यापक निरज श्रीवास्तव, स्थानीय जनप्रतिनिधि, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *