Categories समाचार

प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेका छन्।

संवैधानिक परिषद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको छलफललाई अर्थपूर्णरुपमा लिइएको छ। उनीहरूबीच अहिले बालुवाटारमा छलफल जारी छ।

Advertisement

उनीहरूबीच आइतबार पनि एक्ला एक्लै भेटवार्ता भएको थियो। त्यसपछि  प्रधानन्यायाधीशको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए।

Advertisement

प्रधानमन्त्री दाहालले मंगलबारका लागि संवैधानिक परिषदको बैठक डाकेका छन्।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *