Categories समाचार

पशुपति मन्दिरमा साहिब दरबारले गर्‍यो निरन्तर तेस्रो हप्ता पनि प्रसाद वितरण

Advertisement

वीरगञ्ज । वीरगञ्जको चिनीमिल परिसरमा रहेको पशुपतिनाथ मन्दिरमा पुजा अराधनाका लागि आएका श्रद्धालु भक्तजनलाई साहिब दरबारले प्रसाद वितरणलाई तेस्रो साता पनि निरन्तरता दिएको छ ।

मन्दिरमा साउन महिनाभर श्रावणी मेला लाग्ने र विषेशगरी सोमबार श्रद्धालुहरुको बढी भिड हुने भएकाले साहिब दरबारले निरन्तर तेस्रो साता आज पनि मन्दिर दर्शन गर्न आएकाहरुलाई सर्बत र प्रसाद वितरण गरेको हो ।

Advertisement

मन्दिर दर्शन गर्न आएका दर्शनार्थीहरुलाई चर्काे गर्मीमा चिसो सर्वत वितरण गरेर दर्शन सहज गराउने काम गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए ।

Advertisement

तीन साता अघि देखि सर्वत र प्रसादी वितरण गर्न सुरु गरेको साहिब दरबारले श्रावणी मेलाभर हरेक सोमबार यसलाई निरन्तरता दिने छ । संस्थाका पदाधिकारी, मन्दिर समितिका सदस्य तथा स्थानीयको सहयोगमा संस्थाका पदाधिकारीले प्रसादी वितरण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *