Categories समाचार

पानीको प्यास मेटाउने प्रयासमा वीरगञ्ज महानगर, सार्वजनिक धारा जडानलाई तिब्रता दिइँदै

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मंगलबार खानेपानी संस्थानका अध्यक्षसहितको टोलीलाई वीरगञ्ज बोलाएर यहाँको अवस्थाबारे जानकारी गराउनुभएको छ ।

संस्थानमा कर्मचारी अभाव रहँदा महानगरले लिएको लक्ष्य अनुरुप सार्वजनिक स्थानमा पानीको धारा जडान गर्न समय लागेको भन्दै तत्काल समस्या समाधान हुने गरी कर्मचारी थप गर्न मेयर सिंहले आग्रह गर्नुभएको । जस अनुरुप ६ जना मात्रै प्लम्बर रहेको संस्थानको वीरगञ्ज कार्यालयमा अब १६ जना प्लम्बर थप गरेर धारा जडानको कामलाई तिब्रता दिन लगाएको संस्थानका अध्यक्ष गुणाकर भुषालले बताउनुभयो ।

Advertisement

संस्थानले सार्वजनिक स्थानमा धारा जडान गर्ने कामलाई तिब्रता दिए पानीको हाहाकारबाट गुज्रिरहेका यहाँका नागरिकले राहत अनुभुति गर्ने विश्वास मेयर सिंहले लिनुभएको छ । सार्वजनिक धारा जडानका लागि महानगरले प्राविधिकको ४ वटा छुट्टा छुट्टै टोली नै खटाएको छ । महानगरको टोलीसँगै एक जना संस्थानको कर्मचारी पनि अनिवार्य हुनु पर्ने भएकाले संस्थानले आफ्नो कर्मचारी दिन नसक्दा महानगरबाट खटिएको टोलीले लक्ष्य अनुरुप काम गर्न सकेको छैन ।

Advertisement

जनशक्ति थपिएसँगै अब लक्ष्य अनुरुप काम हुने संस्थान वीरगञ्ज कार्यालयका प्रमुख निरण महर्जन बताउनुहुन्छ । संस्थानले अहिले सार्वजनिक स्थानमा धारा जडान गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उहाँले व्यक्तिगत धारा जडानको मागलाई पनि सम्बोधन गर्न काम गरिरहेको बताउनुभयो ।

मंगलबार भएको छलफलमा खानेपानी संस्थानले धारा जडान गर्न पाइप विच्छ्याउँदा महानगर क्षेत्रमा खनेको सडक र सडक पेटी यथासिघ्र छिटो मर्मत गरिदिने प्रतिबद्धता समेत जनाएको छ ।

महानगरका मेयर सिंहको कार्यकक्षमा भएको छलफलमा संस्थानका अध्यक्ष गुणाकर भुषा, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, खानेपानी संस्थानका संचालक वासुदेव अर्याल, निरु दर्लामी कुँवर, महाप्रबन्धक इश्वर प्रसाद, संस्थानका वीरगञ्ज कार्यालय प्रमुख निरण महर्जन, प्रविण कुमार साह, मेयरका प्रेस सल्लाहकार महेश दास लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *