Categories समाचार

उँखु खेतमा लुकाइएको ६० किलो गाँजा बरामद

Advertisement

वीरगन्ज । उँखु खेतमा लुकाइएको ६० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

महोत्तरीको औरही नगरपालिका २ फुलबरीया चेपकट जाने बाटोमा स्थानीय श्याम श्रेष्ठको उँखु खेतबाट बुधबार दिउँसो प्रहरीले तीनवटा पोका गाँजा बरामद गरेको हो ।

Advertisement

कामदारहरुले खेतमा काम गरिरहेको अवस्थामा तीनवटा पोका फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

Advertisement

औरही प्रहरी चौकीबाट गएको टोलिले उक्त पोका खेलेर हेर्दा ६० किलो अबैध गाजा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *