Categories विश्व

सबैभन्दा धेरै र कम सम्बन्ध विच्छेद हुने देशहरू

Advertisement

काठमाडौँ । विवाहलाई पवित्र बन्धन भनिन्छ । विवाहको बन्धनमा बाँधिदा जोडीले जन्मौँ जन्मसम्म एक अर्कालाई साथ दिने कसम खान्छन् ।

तर, वास्तविक जीवनमा त्यस्तो हुँदैन । धेरै विवाहहरू लामो समय टिक्दैनन् । आर्थिक सामाजिक र यौनजस्ता विभिन्न कारणले विवाह सम्बन्ध विच्छेदमा पुगेर टुङ्गिन्छ । 

Advertisement

अमेरिकाको नेसनल सेन्टर फर हेल्थ स्टाटेस्टिकका अनुसार त्यहाँ वार्षिक ४० देखि ५० लाख मानिस विवाह बन्धनमा बाँधिन्छन् । यसमध्ये ४२–५३ प्रतिशत विवाह सम्बन्ध विच्छेदमा अन्त्य हुन्छन् ।

Advertisement

वर्ल्ड पपुलेसन रिभ्यू डटकमले विश्वभरका देशहरूको तथ्याङ्क सङ्कलन गरेर सबैभन्दा धेरै र कम सम्बन्ध विच्छेद हुने देशहरूको तथ्याङ्क प्रस्तुत गरेको छ । तथ्याङ्कमा प्रत्येक १००० जना मानिसमा कति जनाले प्रत्येक वर्ष सम्बन्ध विच्छेद गर्छन् भनेर देखाइएको छ । यदि १ लाख जनसङ्ख्या भएको ठाउँमा ५ सय जनाले सम्बन्ध विच्छेद गरेका छन् । १ हजार जनामा यो दर ५ हुनेछ ।

यसअनुसार माल्दिभ्स र कजाकिस्तानमा सबैभन्दा बढी सम्बन्ध विच्छेद हुने देखिएको छ । त्यस्तै, श्रीलङ्का र ग्वाटेमालामा सबैभन्दा कम सम्बन्ध विच्छेद हुने देखिएको हो ।

५ लाख ४० हजार ५४४ जनसङ्ख्या रहेको माल्दिभ्समा सन् २०२० मा २९८४ जनाले सम्बन्ध विच्छेद गरेका थिए । सन् २००२ मा यो दर १०।९७ रहेको थियो । त्यतिबेला देशले विश्व कीर्तिमान नै बनाएको थियो ।

यस्ता छन् सबैभन्दा धेरै सम्बन्ध विच्छेद हुने देश (दर : वार्षिक १ हजार जनामा)

१. माल्दिभ्स (५.५२)
२. कजाकिस्तान (४.६)
३. रुस (३.९)
४. बेलारुस (३.७)
५. बेल्जियम (३.७)
६. मोल्डोभा (३.७)
७. चीन (३.२)
८. क्युबा (२.९)
९. युक्रेन (२.८८)
१०. डेनमार्क (२.७)
११. लात्भिया (२.७)
१२. लिथुयानिया (२.७)
१३. अमेरिका (२.७) 
यस्ता छन् सबैभन्दा कम सम्बन्ध विच्छेद हुने देश (दर : वार्षिक १ हजार जनामा)
१. श्रीलङ्का (.१५)
२. ग्वाटेमाला (.२०)
३. भियतनाम (.२०)
४. सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिनेस (.४०)
५. पेरु (.५०)
६. दक्षिण अफ्रिका (.६०)
७. चिली (.७०)
८. कोलम्बिया (.७०)
९. आयरल्याण्ड (.७०)
१०. माल्टा (.७०)
११. पानामा (.७०)
१२. कतार (.७०)
१३. सेन्ट लुसिया (.७०) 
१४. यूएई (.७०) 
१५. भेनेजुएला (.७०)

साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *