Categories समाचार

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठानद्वारा एक बिधालयलाई ३ थान पंखा सहयोग

वीरगन्ज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठान पर्साले वीरगन्ज महानगर -३१ बेल्वामा अवस्थित रामजानकी आधारभुत बिधालयलाइ ३ थान पंखा सहयोग गरेको छ ।

वीरगन्ज -४ मा अवस्थित बिकन स्कुलको प्राङ्गणमा प्रतिष्ठानका सभापति मुना खनालले रामजानकीका प्रधानाध्यापक आलोक प्रसाद श्रीवास्तव लाई सहयोग हस्तान्तरण गरेका छन ।

Advertisement

सो अवसरमा समाजसेवी एवं प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्याय , बिकन स्कुलका प्र अ जय प्रकाश दनुवार,प्रतिष्ठानका सचिव लालबाबु सिंह , सदस्यहरु शान्ती माली- रिना बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

Advertisement

सो अवसरमा प्रतिष्ठानका सभापती खनालले शिक्षाले गर्दानै ब्यक्तिको समाजको देश जनताको बौद्धिक बिकास गरि समृद्धि तरफ लैजाने हुनाले शिक्षालाई सरल सर्बसुलभ बनाउन स्व. मुकुन्द प्रसाद खनाल ज्युको कार्यक्षेत्र मात्र नभयेर प्रत्येक बालबालिकाहरुमा शिक्षाको ज्योत जलाउनु रहेकोले नै उहाको स्वर्णिम सपना लाई आत्मसात गर्दै उहाले देखाउनु भएको बाटोमा हिडेर शिक्षा क्षेत्रमा सक्दो सेवा सहयोग पुर्याउदै जाने हाम्रो अटोठ अनुसार आज यो सानो सहयोग रामजानकी स्कुलमा अध्ययनरत बालबालिका लाई भीषण गर्मी बाट राहत दिलाउन यो सानो सहयोग गर्न पाउँदा निकै खुशी लागेको भन्दै आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सो अवसरमा रामजानकी स्कुलका प्र अ श्रीवास्तवले दुरदराज ग्रामीण स्कुलका बालबालिका प्रती माया देखाएर भीषण गर्मीको समयमा राहत प्रदान गर्न सहयोग गर्नु भएकोमा प्रतिष्ठान परिवार प्रति आभारी रहेको भन्दै धन्यवाद दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *