वीरगन्ज । आदर्श कावरिया संघ भाथाधाम पटेर्वा सुगौलीले यो वर्षपनि जलबोझी गर्न मोटरसाइकल रैली निकालेको छ ।
२०४६ सालमा ७ जना रहेको समुहले सुरु गरेको पैदल जलबोझी यात्रालाई हाल सम्म निरन्तरता दिइएको संघका कोषाध्यक्ष सम्भु चौधरीले बताए । “सुरुमा पदयात्रा गरि जलबोझी गर्न जान्थियौ पछि सुविधाहरु बढ्दै गएपछि बस र विगत केहि वर्ष देखि मोटरसाइकलले जलबोझीमा निस्किएको” चौधरीले थपे ।
आज (आईतवार ) पटेर्वा सुगौलीबाट निस्केको समुह पियुठान स्वर्गद्वार विश्राम गर्दै त्रिवेणीमा जल लिने योजना रहेको महासचिव बैजनाथ चौधरीले जानकारी गराए ।
४० वटा मोटरसाइकलमा ८० जनाको समुहद्वारा त्रिवेणीबाट जलबोझी गरि अर्को सोमबार पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भाथाधाममा जल अर्पण गरिनेछ ।
आन्तरिक धार्मिक स्थलको प्रचारप्रसार गर्ने मुख्य उदेश्यसहित हरेक वर्ष विभिन्न ठाउँमा जलबोझी गर्न ठुलो समुह बनाइ निक्लिने गरिएको संघका संस्थापक अध्यक्ष राजेश्वर महतोले बताए ।
अध्यक्ष राजेश्वर चौधरीको नेतृत्वमा निस्केको समुह विभिन्न धार्मिक स्थलको अवलोकन भ्रमण गर्दै त्रिवेणीमा जलबोझी गरि अर्को सोमबार भाथाधाममा जल अर्पण गर्न पुग्ने छ ।






