Categories समाचार

वडा प्रहरी श्रीपुरद्वारा भन्सार छलीका ८ लाखको लता कपडा बरामद

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीको ८ लाखको लत्ता कपडा तथा हार्डवेयरको पार्ट पुर्जा समाग्री बरामद गरेको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लिन्क रोडबाट भन्सार छली गरि भित्रयाइएको लता कपडा, कुर्ता सुरुवाल तथा हार्डवेयरको पार्टपुर्जा बरामद गरेको हो ।

विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले महानगरको लिन्क रोड एरियामा सटर भाडामा लिएर अवैध मालसामान भण्डारण गरि राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर अवैध रुपमा भन्सार छलीका लता कपडा तथा हार्ड्वेयरको सामानहरु बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहिले जानकारी दिए।

Advertisement

खुला सिमाको फाईदा उठाउदै तस्कर समुहले सिमावर्ती भारतियसहर रक्सौलबाट भन्सार छली चोरी पैठारी गरि ल्याएको उक्त समानहरु ८ लाख मुल्य बराबरको रहेको शाहिले जानकारी दिए ।

Advertisement

प्रहरीले बरामद गरेको अवैध रुपमा भित्र्याइएको लता कपडा तथा हार्ड्वेयरको सामानहरु आवश्यक कार्यवाहीका लागि बीरगंज भन्सारमा पठाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *