Categories समाचार

पानी पटाउन मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु

Advertisement

वीरगन्ज । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आइतबार रुपनी गाउँपालिका ५ घुरगाम टोल बस्ने उपेन्द्र रामको श्रीमती ५१ वर्षीया पानो देवि रामको मृत्यु भएको छ ।

Advertisement

आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोडने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *