Categories राशिफल

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

Advertisement

वीरगञ्ज ।

मेष । आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

Advertisement

वृष । आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

Advertisement

मिथुन । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

कर्कट । आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

सिंह । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ ।

कन्या । आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुला । आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।

वृश्चिक । आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

धनु । आज प्रेमी, आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला, औषधी उपचार खर्च पनि बढ्नसक्छ ।

मकर । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भेला र मनोरञ्जनमा सहभागिता भइएला । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ ।

कुम्भ । आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।

मीन । आज आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । न्युजलय

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *