Categories समाचार

सशस्त्र प्रहरीले गर्यो ८० किलो गाँजा बरामद

Advertisement

वीरगन्ज । महोत्तरीबाट सशस्त्र प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ । महोत्तरीको एकडाडा गाउपालिका- ३ अजमरट्टीबाट सोमबार बिहान राढे ४ बजे सशस्त्र प्रहरी ६ वटा पोका अवैध गाँजा बरामद गरेको हो ।

गस्तीमा रहेका प्रहरीदेखेपछि नेपालबाट भारततर्फ टाउँकोमा बोकी लैजाँदै गरेको गाँजा अपरिचित व्यक्तिहरुले फालेर भागेको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका गनपति लेखनाथ खनालले जानकारी दिए ।

Advertisement

गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृयाको लागि नेपाल प्रहरीसँग समन्वय गरिरहेको गनपति खनालको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *