वीरगन्ज । खोलाले बगाउँदा धनुषामा एकजना बालकको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका २,आनन्दपुरका १७ वर्षीय सुबोध यादवलाई मंगलबार ११ बजे बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर नजिकै रहेको बसही खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाउँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
यादवलाई स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरेर अस्पतालमा पुर्याउँदा उपचारको क्रममा मृत्यु भएको हो ।






