Categories समाचार

कमला नदिमा वगेको दाउरा निकाल्ने क्रममा श्रीमान श्रीमति वेपत्ता

Advertisement

वीरगन्ज । धनुषामा कमला नदीमा आएको बाढीले श्रीमान र श्रीमतीलाई बगाएको छ ।

मंगलबार दिउँसो कमला नदिमा वगेको दाउरा निकाल्ने क्रममा श्रीमान श्रीमति वेपत्ता भएका छन् ।

Advertisement

गणेशमानचारनाथ नगरपालिका ७ पोर्ताहा व्यारेज नजिक स्थानीय ३५ वर्षीय साजन परियार र माया परियारलाई नदिले वेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

Advertisement

वेपत्ता भएका श्रीमान् श्रीमतिलाई खोजी गर्नका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिईएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *