Categories समाचार

नक्कली प्रमाणपत्रधारीहरु धमाधम पक्राउ पर्दै, पक्राउ पर्नेमा सांसददेखि डाक्टरसम्म

Advertisement

वीरगन्ज । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले नागरिकन्यूजलाइ बताए।  

उनलाई सीआईबीले गएराति पक्राउ गरेको हो। शिल्पकार ललितपुर नगपालिका १८ हात्तिबन निवासी हुन्। उनलाई निवासबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले अनुसन्धानको लागि पक्राउ गरेको बताइएको छ। 

Advertisement

सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टर माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्। नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मासहित डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाइ सीआईबीले हिजो पक्राउ गरेको थियो। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *