Categories समाचार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न क्षेत्रका चार जना युवा सम्मानित

वीरगन्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगन्ज पब्लिक कलेज (बिपिसी) ले विभिन्न क्षेत्रका चार जना युवालाई सम्मानित गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर वीरगन्ज पब्लिक कलेजले विभिन्न क्षेत्रमा योगदान दिएका वीरगन्जका ४ जना युवालाई सम्मान गरेको हो ।

Advertisement

महिलाका सवाललाई उठान गर्नका लागि महिलाहरुले नै सञ्चालन गरेको मध्यनेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्का, सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी राजन श्रीवास्तव, मानवताको क्षेत्रमा क्रियाशिल मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका संयोजक देवेश गुप्ता र सञ्चारकर्मी सूर्यनारायण विकलाई कलेजले सम्मानित गरेको हो ।

Advertisement

कार्यक्रममा उनीहरुलाई कलेजका प्रधानाध्यापक हरिरत्न तुलाधर र सहायक प्रधानाध्यापक अरविन्द श्रेष्ठले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुलाई प्रेरित गर्नका लागि र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक कार्यप्रति जिम्मेवार बनाई ऊर्जा थप्ने अभिप्रायका साथ विभिन्न क्षेत्रमा योगदान दिएका युवाहरुलाई सम्मानित गरिएको कलेजका प्रधानाध्यापक हरिरत्न तुलाधरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *