Categories समाचार

वीरगंजबाट लागुऔषध सहित तीन जना भारतीय नागरिक पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले ठुलो संख्यामा प्रतिबंधित लागुऔषध सहित वीरगंजबाट ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलम, वर्ष २० को अजित कुमार मलाह र वर्ष २० को इमतिहान आलम रहेका छन।

Advertisement

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज १६ स्थित रजतज्यन्ती चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ पैदल संकास्पदरूपमा आउदै गरेका तिनैजना माथी शंका लागी खानतलासी गर्दा शरीरमा टेपले बेरेर लुकाएको अवस्थामा १४ सय ३८ एम्पुल प्रतिबंधित लागुऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

तिनैजना व्यक्तिहरूले आफ्नै जिउमा सेतो टेपले वेरि ल्याएको प्रतिबन्धित लागु औषध डाईजेपाम ४ सय ७९ एम्पुल, फेनारगन ४ सय ७९ र नुरफिन ४ सय ८० एम्पुल फेला परेको प्रहरी उपरीक्षक शाहले बताए।

लागुऔषध बरामद भएपछि तिनैजनालाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको

छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *