Categories समाचार

एक इन्जिनियरसहित दुईजना घुसको रकम र चेकसहित अख्तियारको नियन्त्रणमा

Advertisement

वीरगन्ज । धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियरसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम र चेकसहित नियन्त्रणमा लिएको छ ।

वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ र एक लाख ७५ हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।

Advertisement

आइतबार शहिदनगर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट दुबैजनालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *