Categories समाचार

लागूऔषधसहित सिरहामा दुई महिला पक्राउ

वीरगन्ज । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित सिरहामा दुईजना महिला पक्राउ परेकी छन् ।

जिल्लाको सिरहा नगरपालिका १४ खिरौना लच्का स्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ रन्जितपुर टोल बस्ने २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोका बस्ने ३० वर्षीया नमिमा खातुन रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिए।

Advertisement

निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता ९६०० पिस ट्याब्लेट०, नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाईल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएका छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *