Categories समाचार

सुन तस्करी प्रकरणमा महरालाई पनि प्रतिवादी बनाउन सीआईबीलाई प्रधानमन्त्रीको आग्रह

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको बताएका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई महरालाई पनि प्रतिवादी बनाउन आग्रह गरिएको बताए ।

Advertisement

‘महराजी र उहाँको छोरालाई कि त नाम लेख्नुहुन्न कि त प्रतिवादी बनाउनु पर्‍यो भनेका छौं, अब प्रतिवादी बनाउने तयारी हुँदैछ’, प्रधानमन्त्रीले भने, ‘केही दिनमै प्रहरीले प्रक्रिया अगाडि बढाउँछ ।’

Advertisement

भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ व्यापारीसँग महरा र उनका छोरा राहुलको पटक पटक कुराकानी भएको पाइएको सीआईबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *