Categories समाचार

वीरगंजको विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान, शान्ति सुरक्षा मजबुत हुने विश्वास

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बैभव बीरगंजको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगंज बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिवी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको उद्घाटन गर्दै नगर प्रमुख सिंहले अत्याधुनिक क्यामराको जडानसँगै अब वीरगंजको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

Advertisement

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुपमा जडान गरिएको अत्याधुनिक सिसिटिवी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो ।

Advertisement

वीरगंज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो । सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो । वीरगंज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।

यसैविच आज एक कार्यक्रमका विच वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालिक राखिएको स्थानमा नयाँ राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गर्नु भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *