Categories समाचार

दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक भारतीय युवक पक्राउ

Advertisement

बारा । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।

Advertisement

बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।

Advertisement

उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ । साभार इ कान्तिपुर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *