Categories समाचार

अस्पतालबाट हराएको नवशिशु डाक्टरकै मिलोमतोमा खरिदबिक्री भएको रहस्य सार्वजनिक

Advertisement

विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीको दाबी छ ।

Advertisement

आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको छ ।

Advertisement

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा शिशु मोरङ कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले भने, ‘बच्चा लैजाने क्रममा ५० हजार रुपैयाँ दिएको भनेका छन्’ उनले भने, ‘रकम अलिक बढी दिएजस्तो देखिन्छ अनुसन्धान गर्दैछौं ।’

शिशु किनबेचका लागि अस्पतालकै कर्मचारीले डिल गरेको देखिएको उनले बताए । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ । शिशु लिएर जाने परिवारलाई पनि प्रहरी कार्यालय ल्याएको छ । उनीहरुलाई थुनामा राख्ने कि नराख्ने भन्ने निर्णय भइनसकेको डीएसपी दाहालले बताए ।

पक्राउ परेलगत्तै डा. कर्ण अस्पताल भर्ना भएका थिए । तर प्रहरीले अस्पतालबाट प्रहरी कार्यालयमा लगेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *