Categories समाचार

बसको ठक्करबाट एकजनाको मृत्यु

Advertisement

वीरगन्ज । महोत्तरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका ९, प्रकौलीमा मिट क्याम्पस जनकपुरको बसको ठक्करबाट स्थानीय ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको छ ।

Advertisement

ज ८ प ९२६७ नम्बरको मोटरसाइकलमा जनकपुरधामतर्फ जाने क्रममा विपरीत दिशाबाट आएको बा २ क १५३६ नम्बरको क्याम्पसको बसले ठक्कर दिएको थियो ।

Advertisement

बिहान साढे ११ बजे भएको दुर्घटनामा घाइते भएका सन्तोषलाई उपचारका लागि जलेश्वर प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दाले सडकमा अवरोध पुर्याएर प्रदर्शन गरेका छन् ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर राखिएको छ ।

चालक फरार रहेको महोत्तरी प्रहरीले जनाएको छ । बस भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *