Categories हाइलाइट-समाचार

ठगी गर्ने दुई जनालाई पचाल लाख रुपैयाँको ओछ्यान ल्गाएर सुतिरहेको अवस्थामा पक्राउ

Advertisement

काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीको साइबर व्युरोले पक्राउ गरेको छ। पचाल लाख रुपैयाँको ओछ्यान ल्गाएर सुतिरहेको अवस्थामा साइबर व्युरोको टोलीले पर्साका ३० वर्षीय राजकुमार पण्डित र रौतहटका २१ वर्षीय उमेशकुमार यादवलाई पक्राउ गरेको हो।

उनीहरूलाई कपुण्डोलको गुसिगालबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए। उनका अनुसार पक्राउ परेका उनीहरूले टीकटक, फेसबुक, वाट्स एपलगायतबाट लक्की ड्रमा आइफोन जितेको बताउँदै ट्याक्सका नाममा ठगी गर्दै आएका थिए।

Advertisement

उनीहरूको साथमा रहेको ४९ लाख ९५ हजार रुपैयाँ, १२ थान मोबाइल र १८३ थान सिम बरामद गरिएको प्रहरीको भनाइ छ। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्यान थप भई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *