Categories समाचार

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताउनुभएको छ ।

उमन स्किल सेन्टरको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले स्किल सेन्टरले गरिरहेको कामको सह्राना पनि गर्नुभयो ।

Advertisement

उहाँले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताउनुभयो ।
‘महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस सँगै हातेमालो गरेर काम गरौँ,’ उहाँले भन्नुभयो, ‘नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौँ, त्यसका लागि महानगर लगानी गर्न तयार छ ।’

Advertisement

फरक प्रसंगमा उहाँले वीरगञ्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम नर्ग नदिने षड्यन्त्रमा लागेको बताउँदै कसैले हेकी भनेको भरमा आफूहरुको वीरगञ्ज बनाउन काम गर्ने रफ्तार नरोकिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो ।

सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध गुप्ता, उद्योगी अशोक टेमानी, फोरजिआरकी नुतन सरावगी, समाजसेवी प्रकाश थारु लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *