Categories समाचार

सरकार र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेर पक्राउ परेका हिन्दुवादी पाँच जना युवाहरु रिहा

वीरगन्ज । वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी पाँच जना युवाहरु रिहा भएका छन् ।

धरानमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै वीरगन्जका युवाहरुले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार बिहान आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि प्रदर्शन गर्ने क्रममा पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका वीरगन्ज १० का मुन्ना कुमार साह , वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोललाई प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।

Advertisement

उनिहरु पाँचै जनालाई प्रहरीले आइतबार नै अपरान्ह साढे ३ बजे बिना सर्त रिहा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *