Categories समाचार

स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ

Advertisement

काठमाडौँ । सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले सिरहा नगरपालिका १७ माडर काली चोकबाट रकमसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका १७ माडर बस्ने ५२ वर्षीय प्रेमकुमार यादव र सोही नगरपालिका ७ बस्ने ४२ वर्षीय सञ्जयकुमार साह रेहका छन् ।

Advertisement

उनीहरुलाई प्रहरी चौकी खिरौना र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बीआर ७ सी ४२२४ नम्बरको हुन्डाइ स्यान्ट्रो कारमा भारतको जयनगरबाट नेपालतर्फ आइरहेका उनीहरुलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Advertisement

उनीहरुले कारको अगाडीको सिटमुनीको भागमा घर्रा जडान गरी कालो प्लाष्टिकमा स्रोत नखुलेको ४४ लाख रुपैयाँ लुकाई छिपाई ल्याएको प्रहरीको भनाई छ ।  उक्त रकम र कारसहित उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *