Categories समाचार

जलाउन लागिएको महिलाको शव प्रहरीले लियो नियन्त्रणमा

Advertisement

वीरगञ्ज । चितामा राखेर जलाउन लागिएको महिलाको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सेढवाले आइतबार राती जिराभवानी गाउँपालिकामा मसान घाटको चितामा जलाउन लागिएको अवस्थामा एक महिनाको शव नियन्त्रणमा लिएको हो । 

Advertisement

इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक (सई) नन्द किशोर साहका अनुसार मसान घाटमा जलाउनका लागि राखिएको जिराभवानी गाउँपालिका – २ सेढवास्थित मुसहर बस्तीकी ६० वर्षीय बतही देवी मुसहरिनको शव नियन्त्रणमा लिइएको छ । 

Advertisement

मृतक मुसहरिनले पासो लगाई आत्महत्या गरेको र गोप्य तरिकाबाट उनको दाहसंस्कार गर्न लागिएको सूचनाको आधारमा शव नियन्त्रणमा लिइएको सई साहले बताए ।

प्रहरीलाई देख्न साथ मलामीमा गएकाहरू फरार भएका थिए । शवलाई पोस्टमार्टम लागि नारायणी अस्पताल ल्याइएको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *