Categories खेलकुद

सोमपालको जुत्तामा विराट कोहलीको अटो ग्राफ

Advertisement

काठमाडौँ । सधैँ टेलिभिजनको पर्दामा देखिरहेका आफ्ना आदर्श खेलाडीहरूसँगै नेपाली खेलाडीले यस पटक एसिया कप खेले । नेपालको एसिया कप सहभागिता केवल औपचारिकतामा सीमित रहेन, प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरे । 

नेपाली खेलाडीले  उत्कृष्ट प्रदर्शन गर्दा पहिलो पटक एसिया कप खेलिरहेको भान हुन दिएनन् । खासगरी भारतविरुद्धको खेलमा त नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । विश्व क्रिकेटमा स्थापित भारतीय खेलाडीहरू समेत नेपाली खेलाडीको प्रदर्शनबाट प्रभावित बने ।

Advertisement

खेलका क्रममा नेपाली खेलाडीले आफूले आदर्श मान्दै आएका भारतीय खेलाडीहरू भलाकुसारी पनि गरे । उनीहरुले विराट कोहली, रोहित शर्माजस्ता प्रभावशाली भारतीय खेलाडीको अटो ग्राफ पनि लिन भ्याए । 

Advertisement

यसैक्रममा नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले पनि भारतीय टोलीका प्रभावशाली खेलाडी विराट कोहलीको अटो ग्राफ लिएका छन् । उनले आफ्नो जुत्तामा विराट कोहलीको अटो ग्राफ लिएका हुन् ।  त्यो तस्बिर सोमपालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले खेलेका छन्, ‘विराट कोहली एउटा क्रिकेटर मात्र होइनन्, उनी भावना पनि हुन् ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *