वीरगञ्ज । वीरगञ्जका शान आशिफ शेखलाई प्रोत्साहन स्वरुप नगद ११०००/- रुपैयाँ दिने समाजिक अभियन्ता वृजेश्वर प्रसाद चौधरीले घोषणा गरेका छन् ।
समाजिक कार्यमा सक्रिय रहेका चौधरी हिजो भएको खेलबाट प्रभावित भएर प्रोत्साहन राशि दिने घोषणा गरेका हुन । चौधरीले भने “म खेल नहेर्ने मान्छेलाई पनि हिजोको खेलले भावुक बनायो । सिमित स्रोतसाधनका बावजूद तैयारी गरेर अन्तर्राष्ट्रिय खेलाडीलाई टक्कर दिनु आफैंमा ठुलो कुरा रहेको बताए ।”
एसिया कप – २०२३ अन्तर्गत नेपाल र भारतबिचको खेलमा अर्ध शतक बनाएर इतिहास बनाएका ओपनर ब्याटर आशिफ शेख वीरगञ्जको मुर्ली टोल निवासी हुन् ।
वीरगञ्जका गल्लीहरूमा क्रिकेट खेल्दै हुर्किएका आशिफले हिजो सम्पन्न खेलमा ५८ रन बनाएर विश्वसामु वीरगञ्जसहित देशको नाम रोशन गरेको भन्दै आफ्नो हैसियत अनुसार प्रोत्साहन राशिको घोषणा गरेको चौधरीले बताए ।
उनले आज सम्पूर्ण वीरगञ्जवासीलाई गौरवान्वितता महसुस गर्ने अवसर दिएक छन् ।






