Categories एजेन्सी

एप्पलको नयाँ आईफोनमा यूएसबी–सी चार्जिङ प्वाइन्ट हुने

Advertisement

न्यूयोर्क । आगामी मंगलबार सार्वजनिक हुने एप्पलको नयाँ आईफोनमा यूएसबी–सी चार्जिङ प्वाइन्ट हुने लगभग तय भएको छ । एप्पलको फोनमा हाल विशेष प्रकारको लाइटनिङ एडप्टर प्रयोग भइरहेको छ, जुन उसको प्रतिद्वन्द्वी ब्रान्डको फोनभन्दा फरक रहेको छ ।

तर उपभोक्ताको पैसा र संसाधन बचाउन युरोपियन युनियनले नयाँ नियम बनाएको छ । यस अनुसार अब फोन निर्माता कम्पनीहरूले सन् २०२४ डिसेम्बरसम्म एकै प्रकारको चार्जिङ कनेक्सन अपनाउनु अनिवार्य गरिएको छ ।

Advertisement

नवीनतम आईप्याडसहित एप्पलको अधिकतम नयाँ उत्पादनमा यूएसबी–सी चार्जिङ प्वाइन्ट अपनाइसकेको छ । तर, कम्पनीले युरोपियन यूनियनको नियमविरुद्ध तर्क पनि पेस गर्दै आइरहेको छ ।

Advertisement

सन् २०२१ को सेप्टेम्बरमा युनियनले यो नियम लिएर आउँदा एप्पलका एक प्रतिनिधिले बीबीसीसँग कुराकानी गर्दै कडा नियमका कारण एकै प्रकारको कनेक्टर हुनेछ यसले नवीनतालाई प्रोत्साहन गर्नुको साटो त्यसको ‘घाँटी न्याक्ने’ काम हुनेछ । यसले अन्ततः यूरोप र विश्वकै उपभोक्ताहरूलाई नोक्सान हुने उनको भनाई थियो । –बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *