Categories समाचार

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

Advertisement

वीरगञ्ज । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

Advertisement

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Advertisement

रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *