Categories धर्म/संस्कृति समाचार

वीरगन्जमा करिब ३५ वर्षपछि झूलन महोत्सवको रौनक (फोटोफिचर)

Advertisement

वीरगन्ज । वीरगन्जमा करिब ३५ वर्षपछि झूलन महोत्सव हर्सोहुलासका साथ मनाइएको छ ।

हिजो श्री कृष्ण जन्माष्टमीको अवसरमा नव जनकल्याण युवा सञ्जालको आयोजना तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष सहयोमा कयौं वर्षको अन्तराल पछि भव्य रुपमा झूलन महोत्सव मनाइएको कार्यक्रम संयोजक रमिता माया गुप्ताले बताउनुभयो ।

Advertisement

साझ ६ बजे शुरु भएको महोत्सवमा विभिन्न देउता हरुको रुपमा तैयार भएका कलाकारहरूले झाकी प्रदर्शन गरि दर्शक तथा श्रद्धालु भक्तजनहरुको मन लोभयाएका थिए ।

Advertisement

आफ्नो संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पीढीहरुका बीच झूलन महोत्सवको महत्त्व जानकारी गराउन कैयन बाधा अवरोध पार गर्दै वीरगन्जबासीको सहयोगमा महोत्सव गराउन पाउदा खुसी महसुस भइरहेको आयोजक समितीको भनाइ थियो ।

माइस्थान परिसरमा आयोजित महोत्सवलाई सफल मनाउन साहिब दरबार सेवा संस्था, प्रेणा श्रेष्ठ, अमित अग्रवाल लगायतको मुख्य भुमिका रहेको गुप्ताले थपिन ।

हरेक हिसाबले व्यवस्थापन चुस्त दुरुस्त बनाउन स्वयम सेवक टाइगर क्लब,गहवमाई युवा क्लब लगायतकाले सहयोग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *