Categories समाचार

ठाेरी गाँउपालिकामा आज शाेक विदा

Advertisement

वीरगन्ज । पर्साकाे ठाेरी गाँउपालिकामा शुक्रबार शाेक विदा दिइएकाे छ ।

तत्कालीन ठाेरी गाँउपञ्चायतका प्रधानपञ्च सुबेदार दलबहादुर क्षेत्रीकाे निधन भएकाे शाेकमा ठाेरी गाँउपालिकाले शुक्रबार विदा दिइएकाे हाे ।

Advertisement

कास्कीको घान्द्रुकमा विक्रम संवत १९८२ मंसिर २७ गते जन्मिएका क्षेत्रीकाे ९८ वर्षकाे उमेरमा आफ्नै निवासमा बिहीबार निधन भएकाे हाे ।

Advertisement

प्रधानपञ्च क्षेत्रीकाे निधन भएकाे शाेकमा ठाेरी गाँउपालिकाकाे गाँउपालिकाकाे कार्यालय , मातहतका वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा शुक्रबार शाेक विदा दिने निर्णय गरिएको ठाेरी गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बुधबार जारी गरेकाे सुचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *