Categories समाचार

६० किलो सुन प्रकरणमा बाराका शिव कुमार सरार्फ पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् ।

बारा घर भएका सराफलाई पक्राउ गरिएको  ब्युरोका एक जना अधिकृतले बताए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

Advertisement

हङकङबाट असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थाहा भएकाे छ  ।

हालसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली रहेका छन् । त्यसैगरी सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल र शिव कुमार सराफलाई पनि प्रहरीले पक्राउ गरेको छ । साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *