Categories समाचार

यादगार बचत तथा ऋण सहकारीका कोषाध्यक्ष बलिराम साह पक्राउ

Advertisement

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १० रानीघाटमा रहेको यादगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बलिराम साह पक्राउ परेका छन् ।  

एक जना प्रहरी अधिकृतका अनुसार पक्राउ परेका साहलाई आजै जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको बताए ।

Advertisement

विभिन्न बचतकर्ताहरुको रकम ठगी गरेको आरोपमा सञ्चालक समिति विरुद्धमा ठगी मुद्दामा जाहेरी परे पछि साह पक्राउ परेका हुन् । 

Advertisement

उनी वीरगंजबाट आज अपराह्न १ बजे पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादगारका सञ्चालक समिति विरुद्ध जाहेरी दर्ता भएको त्यस मध्येका कोषाध्यक्ष साह पक्राउ परेको र अझै समितिका ६ जना फरार रहेको अवस्था छ ।

सहकारीका कोषाध्यक्ष साह पक्राउ परे लगत्तै उनलाई छुटाउन नेता वरपर घुम्ने बिचौलियाहरु एकजुट भएका छन् । यस्तै उनी विरुद्ध ठगी गरेको थप प्रमाण लिएर बचत कर्ताहरु प्रहरी कार्यालयमा पुगेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *